दफा २३
कोषको लेखा र लेखापरीक्षण
(१) कोषको लेखा कोषको राय लिई नेपालको महालेखा परीक्षकले तोकिदिएको ढाँचामा राखिनेछ ।
(२) कोषको लेखापरीक्षण नेपालको महालेखा परीक्षकबाट हुनेछ ।
(३) लेखापरीक्षण सकिए पछि देहायको कुरा खुलाइएको प्रतिवेदन एक प्रति कोषलाई र एक प्रति नेपाल सरकारलाई दिनु पर्नेछः–
(क) कोषले तयार गरेको लाभ हानीको खातामा पार्नुपर्ने कुराहरू परेको छ, छैन र सो खाताले कोषको यथार्थ आर्थिक अवस्था व्यक्त गर्छ, गर्दैन,
(ख) हिसाब यो ऐन बमोजिम नियमित छ, छैन र सोधनी गरिएका कुरामा सन्तोषजनक उत्तर पाएको छ छैन ।
(४) लेखापरीक्षणको सिलसिलामा महालेखा परीक्षकले हेर्न चाहेको सबै लेखा सोधेको सबै जवाफ दिई सहयोग गर्नु कोषको प्रत्येक संचालक र कर्मचारीको कर्तव्य हुनेछ ।